११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेरो भिजन र क्षमतालाई पत्याएर मलाई उम्मेदवार बनाएको हो : अमृत खड्का



२७  कात्तिक ०७९,  ललितपुर । ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार अमृत खड्काले आफ्नो भिजन र क्षमतालाई पत्याएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) सो पटक टिकट दिएको दाबी गरेका छन् । सातदोबाटो युथ क्लबको ९ औं वार्षिक साधारण सभामा बोल्दै उनले सो धारणा व्यक्त गरे । ‘हाम्रो नेपालका किन ५० लाख युवा विदेशीन पुगेका छन् । किन हामी गरिब छाँै । किन युरोपियन अमेरिकन धनि छन् त्यो कुरा बच्चादेखि मेरो दिमाखमा चलथ्यो । मैले बुझि सके तर अब म देश बनाउन सक्छु र तपाईहरुको विश्वास जित्न सक्छु भन्ने आफूलाई लागेको उनले बताए । उनले भने, “मैले जीवनमा गरेका तमाम कामलाई सफल बनाएको छु । म अब राष्ट्र सफल बनाउन आएको हुँ । मैले जीवनमा सिकेको भाषा भनेको नतिजाको भाषा हो । हामीले मानिसका धेरै इच्छा तथा आकाङक्षा सुन्यौँ । तर गर्नुपर्ने काम भने जति जोगि आएपनि कानै चिर्यका मात्रै भएका छन् ।”

जबसम्म नेतामा आर्थिक पारदर्शिता हुँदैन तबसम्म उसले भ्रष्टाचार नगरिकन, कमिसन नखाइकन र विदेशीको सहयोग नलिइकन आफ्नो राजनीतिलाई अघि बढाउन नसक्ने खड्काको बुझाइ रहेको छ । चुनाव यति महंगो भएको छ कि यो कुरा मतदाताले बुझ्नुपर्छ । एउटा मान्छे नेता भएर आएपछि उसलाई हरेक सेवा सुविधा उप्रयोग गर्न कहाँबाट पुग्छ? भन्ने प्रश्न गर्दैै उनले मतदाताले बुझ्न जरुरी भएको सुझाव दिए । नेताले यस्तो गर्छु । उस्तो गर्छु भनेर झुक्याएको भरमा पछि नलाग्न उनले मतदातालाई सचेत गराए ।

मतदाताले आफूहरुलाई सो निर्वाचनमा विजय गराएर पठाएमा मुलुकका लागि थुप्रै काम गर्ने खड्काले वचनवद्धता गरे । विदेशीयका युवालाई नेपाल फर्काउने कसरी भन्ने भिजन आफूसँग रहेको बताउँदै खड्काले हरेक मानिसको घर, दैलो तथा सडक सफा पार्ने योजना आफूमा रहेको जिकीर गरे । हालको सो आधुनिक युगलाई मध्यनजर गरेर सो क्षेत्रमा माइक्रोसफ्ट को कम्पनी ल्याएर आइटी पार्क सातदोवाटो क्षेत्रमा निर्माण गरी १० हजार युवालाई काम दिएर बेरोजगारीको समस्या न्यूनिकरण गर्ने धारणा राखे । ललितपुरमा रहेको फोहरमैलाको समस्या समाधान गर्न आफु कटिबद्ध रहेको जानकारी दिँदै भने, ‘करिब ४५ करोडमा मेशिन ल्याएर समस्या समाधान गर्न पहल गर्नेछु ।’ आफूहरु प्रतिनिधिमा मुलुकको समस्याको समाधान खोज्ने, नवप्रवर्तनमा ध्यान दिन सक्ने र रोजगारीको सिर्जना गर्न सक्ने खुबी रहेको उनले औंल्याए ।

 

 

 

 

 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १ : ५६ बजे