११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सल्लाघारीमा कार र मोटरसाईकल ठोक्किँयो, एक जनाको मृत्यु



२७  कात्तिक ०७९, काठमाडौं । भक्तपुर सल्लाघारीस्थित डा.इवामुरा मेमोरियल अस्पताल नजिक कार र मोटरसाईकल एकआपसमा ठोक्किँएको छ । दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
सल्लाघारीबाट सैनिक स्कुलतर्फ आउँदै गरेको बा ७ च ०८१५ नं को कारले सैनिक स्कुल हुँदै सल्लाघारीतर्फ जादै गरेको बागमति प्रदेश –०२–०२८ प ७३९२ नं को मोटरसाईकललाई ठक्कर दिंँदा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक पाुचखाल नगरपालिका वडा नं. १ बस्ने वर्ष २३ को सन्दिप वस्नेतको मृत्यु भएको हो।

दुर्घटनापछि नजिकै रहेको डा.इवामरा हस्पिटल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा संलग्न दुबै सवारीसाधन र कार चालक भक्तपुर नगरपालिका वडा न नं. ४ पोटरीस्क्वायर बस्ने वर्ष २० वर्षीय आयुष कायस्थलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ६ : ०२ बजे