११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका मतदातालाई उदयशम्सेरले मध्यरातमा फोन गरेपछि…



२८ कात्तिक ०७८,ललितपुर । प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं १ मा उदयशम्शेर राणाको मोबाइलबाट मध्यरातमा धेरैजनालाई अटो कल गएपछि उनीहरु हैरान भएका छन् । धेरैले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् । सन्तोष दहालले आफ्नो फेसबुकमा लेखेका छन्, ‘भोट माग्ने निहुँमा रातिराती निन्द्रा नै डिस्ट्रब नै त नगरे हुने नि उम्मेदार ज्यु ! भनेका छन् ।’ यस्तै रामकृष्ण बाँनियाले भनेका छन्, ‘मलाई पनि कल आएको थियो ,तीन पल्ट घन्टि वज्यो उठाउदा कोहि बोलेनन् । प्राविधिक गडवडि हो। चिन्ता लिनु पर्दैन हजुर ।’ राणाको मोबाइलबाट फोन मध्येरातमा फोन गएपछि एमालेका कार्यकर्ताले भने विरोध गरेका छन् । उनको चुनावी प्रचारप्रसार रणनीति गलत भएको बताएका छन् ।

यता राणाले भने सामाजिक सञ्जाल फेसबुक पेजमार्फत माफी मागेका छन् । उनले लेखेका छन्, ‘निर्वाचन प्रचार प्रसारका क्रममा मेरो आवाजमा मो नं 9886001478 मार्फत सम्प्रेषण गरिएको voice call को ring tone र voice message प्राबिधिक कारणले राति बज्न पुगेको कारणबाट यहाँहरुलाई पर्न गएको असरप्रति हृदयदेखि क्षमा चाहन्छु ।’

उदय शमशेर राणा, उम्मेदवार प्रतिनिधि सभा क्षेत्र नं १, ललितपुर ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  २ : २६ बजे