१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


डा. तोसिमाको उम्मेदवारी कायम रहने, लाभको पदमा रहेको मान्न नसकिने सर्वोच्चको ठहर



२८ कात्तिक ०७९, काठमाडौं । ललितपुर- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने भएको छ । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने आदेश दिएको हो ।

जसअनुसार उनी लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको जनाइएको छ । निर्वाचन आयोगले डा. तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

उनको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो । मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो । त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले तोसिमा उम्मेदवारी कायम रहने आदेश दिएको छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ३ : ०२ बजे