१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा पानी ट्यांकरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते



२८ कात्तिक ०७९, भक्तपुर । भक्तपुरको भक्तपुर नगरपालिका–१ नगरकोट मोडस्थित जय नेपाल चोकमा पानी बोक्ने ट्यांकरमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीका २६ वर्षीय साजन दुवारी रहेका छन्।
कालोपाटीबाट सल्लाघारी तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३१ प ७८६२ नं. को मोटरसाइकल अनियन्त्रित भइ बिपरित दिशाबाट आउँदै गरेको बा ४ ख ४२६८ नं. को पानी ट्यांकरमा ठक्कर खाएको थियो।

घटनामा मोटरसाइकलमा सवार झापा जिल्लाको बिर्तामोड नगरपालिका–२ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–३ बस्ने वर्ष २३ को अमनल साह घाइते भएका छन्। उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ।

दुवै सवारी साधन तथा ट्यांकर चालक भक्तपुर नगरापालिका–२ ब्यासी बस्ने वर्ष २८ को प्रबिण सुवाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ११ : ३४ बजे