११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका उम्मेदवार डा. घिमिरे सात बुँदै माग राखेर चापागाँउमा बसे अनसन



। ललितपुरका स्वतन्त्र उम्मेदवार डा. सचिन घिमिरे सात सुत्रीय माग राख्दै आमरण अनसन बसेका छन् ।
ललितपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चिन्ह लिएर उम्मेदवारी दर्ता गराएका घिमिरे निर्वाचनकै पुर्वसन्ध्यामा आमरण अनसन बसेका हुन् । उनी चापागाँउ टाहाखेल चौतारामा आज देखि अनसन बसेका हुन् ।
यो उनको निर्वाचन क्षेत्रको केन्द्र हो ।
उनले ललितपुर क्षेत्र १ का निवर्तमान तथा उनका प्रतिश्पर्धी ण्संसद नवराज सिलवालले ल्याएको बजेट र खर्च विवरण सार्वजनिक गर्नुपर्ने,गोदावरी नगरपालिकाले तत्काल बाँदर ब्यबस्थापन गर्नु पर्ने,टाखेल चौतारा नजिक विद्युतको ट्रान्सर्फमर रुखमा छोएकोले तत्काल रुख काट्नु पर्ने,चौघरेको गोमा थिङ र चन्द्रबहादुर तामाङको आर्थिक अवस्था कमजोर भएकोले स्थानीय सरकारले प्रबिधि शिक्षा निःशुल्क गरिदिनु पर्ने,अश्राङ लुकुनी बेसीकी भोजकुमारी सञ्जेलका दुई नाता नातिनीहरुको स्थानिय सरकारले लालनपालन र आवश्यक शैक्षिक खर्च ब्यबस्थापन गरिदिनु पर्ने,कोञ्ज्योसोमका दलबहादुर बिश्वकर्मा घुडा रोगी,सुमन घेवा तथा बागमती माल्टाका स्मारिका मिश्र मृगौला पिडित सहितको उपचार स्थानिय सरकारले तत्काल गर्नु पर्ने र गोदावरी नगरले किशोरीलाई खुवाएको आइरन चक्कीको जनस्वास्थ्य औचित्य प्रमाणित गर्नुपर्नेजस्ता सात बुदे माग राख्दै उनी अनसन बसेका हुन ।
घिमिरेले आफ्ना माग पुरा नभएसम्म आफ्नो अनसन जारी रहने बताए । उनी ललितपुर झरुवाराशीका बासिन्दा समेत हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : ५३ बजे