११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरले एकैदिन हटायो २७५ वटा साइनबोर्ड



२९ कात्तिक ०७९,काठमाडौं । काठमाडौं महानगरपालिकाले एकैदिन २७५ वटा व्यावसायिक परिचय पाटी (साइन बोर्ड) हटाएको छ।  मापदण्ड विपरीत र अनुमति नलिई राखिएका परिचय पाटी सोमबारबाट हटाउन सुरू गरिएको थियो। पहिलो दिन महानगरले २७५ वटा पाटी हटाएको हो।

महानगरले काठमाडौंका चार क्षेत्रबाट यी सामग्री हटाएको हो। महानगर प्रहरी बलका नगर प्रहरी निरीक्षक लीलाराज गाछाकाअनुसार पूर्वमा गौशालाबाट ९४ वटा, पश्चिममा कालिमाटीबाट ५३ वटा, उत्तरमा महाराजगञ्ज चोकबाट ८० वटा र मध्य क्षेत्र रामशाह पथ पुतलीसडकबाट ४८ वटा सामग्री हटाइएको हो।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ७ : ३३ बजे