२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर माथिल्लो कुण्डोलमा आगलागी, २५ वर्षीया युवतीको मृत्यु



३० कात्तिक ०७९,भक्तपुर ।  भक्तपुरमा आगलागीबाट एक युवतीको मृत्यु भएको छ । बुधबार बिहान पौने ८ बजे मध्यपुरठिमी नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
आगलागीमा आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको मृत्यु भएको छ । मृतक अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिस रोगकी बिरामी हुन् । यस्तै हरिशरणकी १४ वर्षीया छोरी नित्मा केसीको उद्धार गरी कोरियन अस्पताल लगिएको थियो । उनको डिस्चार्ज पनि भइसकेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल, जनप्रतिनिधि र स्थानीयको सहयोगमा पौने ९ बजे आगो नियन्त्रणमा आएको हो।

 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १२ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।