२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक लगाउने निर्णय



३० कात्तिक ०७९,काठमाडौं । काठमाडौं उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार सो निर्णय गरेका हुन् । मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ को मध्यराति सम्म मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरिएको छ । मतगणनास्थलमा चाहिँ गणना नसकिएसम्म मदिरा बेचबिखन गर्न पाइँदैन । मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ ।

त्यस्तै, उपत्यकामा मंसिर ४ मा सवारी–साधन संचालनमा रोक लगाउने निर्णय गरिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।