१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चुनाव जिते तलब भत्ता सामाजिक कार्यमा खर्च गर्ने राप्रपाका सापकोटाको घोषणा



३० कात्तिक ०७९,काठमाडौं ।  काठमाडौं क्षेत्र नम्बर १० (क) का राप्रपाका प्रदेशसभाका उम्मेदवार उमेशराज सापकोटाले चुनाव जितेमा आफुले तलव भत्ता नलिने घोषणा गरेका छन् । उनले यो प्रतिबद्धता आफ्नो प्रतिबद्धता पत्रमा समेत उल्लेख गरेका छन् ।

चुनावी अभियानकै क्रममा सापकोटाले आफुले प्रदेशसभा उम्मेदारी जितेपछि पाउने सबै तलब भत्ता नलिने प्रतिबद्धता गरेका हुन् । उनले आफुलाई कुनै किसिमको पैसाको मोह समेत नरहेको बताए ।
उनले भने, ‘मैले यहाँबाट जितेर गए भने प्रदेश सभा खारेज गर्नुपर्छ भनेर मैले माग राखेको हुनाले, यो सेतो हात्ति राख्नु हुँदैन भनेर आफैले माग राखेको हुनाले म त्यो कुर्चीमा बसुन्जेल जति तलब भत्ता पाउँछु हरेक महिना सामाजिक काममा खर्च गर्छु । एक रुपैयाँ पनि लिदिन लेखेर राख्नुस् । म त्यो पैसा कुनै महिना कुनै स्कुललाई दिन्छु । कुनै महिना कुनै वृद्धाश्रमलाई दिन्छु । कुनै महिना सरकारी स्कुललाई दिन्छु । कुनै महिना गरिबहरुलाई सहयोगगर्नेछु ।’

अहिले मतदाता सचेत भएको भन्दै उनले व्यक्ति राम्रो खोजिरहेको बताए । आफु लामो समयदेखि यहि क्षेत्रमा राजनीति गरेको र यहाँका जनताको आशाको केन्द्र भएकाले पनि मतादाताहरु उत्साहित भएको उनले बताए । विगतमा यहाँ विभिन्न राजनीतिक दलले जिते तर यहाँका जनताले चाहेको जस्तो विकास गर्न सकेनन् । त्यसैले पनि यहाँको विकासलाई नयाँ आयम दिनका लागि आफुले उम्मेदवारी दिएको सापकोटाले बताए ।

शिक्षा, स्वाथ्य, खानेपानी लगायत जनताको दैनिकी सहज बनाउने नै आफ्नो पहिलो प्राथमिकता रहेको सापकोटाले बताए । यहाँ उत्पादन हुने लव्सी, नास्पाती नेपालभरि प्रख्यात रहेको भन्दै त्यसलाई प्रशोधन गरेर नेपालसहित विदेशमा समेत निर्यात गरिने सापकोटाले बताए ।

यस क्षेत्रको पर्यटन, कला, संस्कृति, भाषा, जात्राको संरक्षण र सम्वद्र्धनका लागि पनि आफुलाई जिताउन उनले आग्रह गरेका छन् । यहाँको शिक्षा, स्वास्थ्य, यातायात र रोजगारी सिर्जनका लागि आफु दत्तचित्त भएर लाग्ने सापकोटाले प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ४३ बजे