१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको कोटेश्वरमा आज आमसभा




१ मंसिर ०७९, काठमाडौं । काठमाडौंको कोटेश्वरमा आज २ बजे सत्तारुढ गठबन्धनले आज चुनावी सभा गर्दैछ ।
निर्वाचन आयोगले तय गरेको चुनावी प्रचारप्रसारको असन्तम दिन आज गठबन्धनले सभ ागर्न लागेको हो । काठमाडौं क्षेत्र नम्बर २ चुनाव परिचालन समितिको आयोजनामा यो सभा हुँदैछ ।
चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर २ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
यहाँ काठमाडौं् २ मा गठबन्धनबाट प्रतिनिधि सभामा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती, प्रदेशसभा (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुँयाल उम्मेदवार छन् ।

 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ८ : २३ बजे