१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


निर्वाचनको समयमा सुकुमबासीलाई हटाउनु आचारसंहिता विपरीत हो –प्रकाशमान सिंह



१ मंसिर ०७९, काठमाडौं । काठमाडौंका भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आपत्ती जनाएका छन् । यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनको जिकिर छ । अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास, सुकुमबासी र भूमिहीनको उचित समाधान निकाल्नका लागि सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने उनले बताए । नेता सिंह काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवार हुन ।

आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ३१ जागृती नगरको बस्तीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवारसमेत रहेका सिंहले भूमि आयोगको प्रतिवेदनका सुझाव नआएसम्म प्रतिक्षा गर्नुपर्ने बताएका छन् ।नेता सिंहले बागमती नदी किनारका बस्ती हटाउन सूचना जारी गरिएकोमा आपत्ती जनाउँदै वागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले राष्ट्रिय भूमि आयोगको प्रतिवेदनमा जुन सुझावहरु दिइएको हुने र ती सुझावहरुलाई कार्यान्वयन गर्ने समयसम्म त्यसको प्रतिक्षामा बस्नुपर्ने बताएका छन् । आफूले अरु दलका नेताहरुले जस्तो झुठो आश्वासन नदिने बताउँदै उनले भूमि आयोगको प्रतिवेदनका सुझावमा सरोकारवालासँग पनि छलफल गर्ने र समस्याको समाधान निकाल्ने कुरा विश्वस्त रहन आग्रह गरे।यसअघि वाग्मती सभ्यता एकीकृत विकास समितिले बागमती करिडोर आसपासका सुकुमबासी बस्ती मंसिर ४ गतेभित्र हटाउन सूचना जारी गरेको थियो।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ११ : ४८ बजे