४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जुम्लामा जीप दुर्घटना, आठ जना घाईते, तीन जना गम्भीर




१ मंसिर ०७९, जुम्ला । जुम्लामा मतदान केन्द्र तर्फ जादै गरेको जिप दुर्घना भएको छ ।
निर्वाचन सामाग्री सहित मतदान केन्द्र तर्फ जादै गरेको भे १ च २१८८ नम्बवरको जिप दुर्घना भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोसीका अनुसार तिला गाउँपालिका ४ स्थित रावतवाडामा ताम्ती तर्फ जाँदै गरेको जिप दुर्घना हुदा आठ जना घाईते भएका छन ।
घाईते हुनेमा अंगराज गिरी , आदि प्रसाद न्यौपाने , सुरज चन्द , राजेन्द्र बिष्ट , हरिप्रसाद देवकोटा , आशा चौलागई , सिताराम दराई , सुरेश कार्की हुन । उनिहरु सबैको प्रतिष्ठानमा उपचार हुदैछ ।
प्रतिष्ठानका बरिष्ठ प्रशासकिय अधिकृत द्वन्द बहादुर शाहीका अनुसार अंगराज गिरी , आदि प्रसाद न्यौपाने , सुरज चन्दको अबस्था गम्भीर रहेको छ ।

 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ५ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।