१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंका केही स्थानमा शंकास्पद वस्तु फेला



फाइल तस्बिर

२ मंसिर ०७९, काठमाडौं ।  काठमाडौंका केही स्थानमा शंकास्पद वस्तु फेला परेको छ । काठमाडौंको बुढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ ।

बुढानीलकण्ठस्थित स्पेशल चोक फेला परेको शंकास्पद वस्तु पनि डिस्पोज गरिएको छ । निर्वाचन बिथोल्ने समूहले शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १ : ०३ बजे