१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर कुन उम्मेदवारले कहाँबाट हाले भोट



४ मंसिर ०७९, ललितपुर । आइतबार बिहान ७ बजेदेखि देशभर प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान जारी छ । मतदानका लागि युवादेखि वृद्धसम्मको सहभागीता उल्लेख्य रहेको छ । जिल्लाका उम्मेदवारहरुले आ–आफ्नो मतदान केन्द्रमा गएर मतदान गरेका छन् ।

ललितपुर १ का नेपाली काँग्रेसका उम्मेदवार उदय शम्सेर राणाले ललितपुर महानगरको वडा नं. १ कुपण्डोलस्थित वडा समितीको भवनमा मतदान गरेका छन्। उनले आफूलाई भोट हाल्न पाएनन् । यो ललितपुरको क्षेत्र नं. ३ हो । ललितपुर क्षेत्र नं. १ प्रदेश ख का उम्मेदवार चेतनाथ सञ्जेल गोदावरी ११ प्याङगाँउस्थित वाणी विलास माविबाट मतदान गरेका छन् ।
ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले ललितपुर महानगर १८ नख्खुस्थित रत्नज्योती परिवार महिला भवनबाट मतदान गरेकी छन् । उनले आफूलाई समेत भोट दिन पाइनन् । ललितपुर ३ बाट नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका अमृत खड्काले ललितपुर महानगर २५ स्थित जनउदय मावि भैसेपाटीबाट मतदान गरेका छन् । उनले आफूलाई समेत मतदान गर्न पाएनन् ।
ललितपुर ३ कि गठबन्धन उम्मेदवार पम्फा भुसाल ललितपुर महानगरको वडा नं. २ सानेपास्थित कालोपुल राम मन्दिर केन्द्रबाट मतदान गरेकी छन् ।
ललितपुर क्षेत्र नं.१ को ख प्रदेशका उम्मेदवार मिनकृष्ण महर्जन विहान ७ बजे गोदावरी ११ कुस्ले चौरबाट मतदान गरेका छन् ।
ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवराज सिलवालले गोदावरी नगरपालिकाको वडा नं. ३ किटनीस्थित सिद्धेश्वर माध्यामिक विद्यालयमा मतदान गरेका छन् । ललितपुर २ का एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेम महर्जन ललितपुर महानगर ८ गुइटोल पोखरी मतदान केन्द्रमा भोट हालेका छन् ।

हेर्नुहोस् कुन उम्मेदवारले कहाँ गएर हाले भोट

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ४ : ३३ बजे