१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा कुटपिटबाट छिमेकीको मृत्यु, १० जना पक्राउ



४ मंसिर ०७९, काठमाडौं । भक्तपुरमा छिमेकीको कुटाइबाट एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार छिमेकीसँग झगडामा चाँगुनारायण नगरपालिका–८ कलमसीका ६१ वर्षीय कुमाल सुनारको मृत्यु भएको हो।

कुमाल र छिमेकी ४२ वर्षीय राजु सुनार पक्षबीच झैझगडा हुँदा कुमाललाई कुटपिट गरिएको हो। झगडामा गम्भीर घाइते भएका कुमालको उपचारका क्रममा शनिबार राति मध्यपुर अस्पताल ठिमीमा मृत्यु भएको हो। घटनाको खबर पाएपछि प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले झगडामा संलग्न राजन सुनारसहित १० जनालाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।