१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका तीनै क्षेत्रमा मतगणना सुरु




ललितपुर खबर
५ मंसिर ०७९, ललितपुर । ललितपुका तीन वटै क्षेत्रमा मत गणनता सुरु भएको छ । निर्वाचन अधिकृतहरुका अनुसार ललितपुर क्षेत्र नं. १ र ३ को नजिता आउन बाँकी छ । ललितपुर क्षेत्र नं. २ मा भने प्रारम्भिक नतिजा आएको छ ।

ललितपुर क्षेत्र नं. ३ मा ३ बजेबाट मतगणना सुरु गरिएको हो । यहाँ आधा घण्टापछि प्रारम्भिक नजिता सुनाइने बताइएको छ । क्षेत्र नं. ३ को मत गणना जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय परिसरमा मत गणना भइरहेको छ ।

ललितपुर क्षेत्र नं. १ को पनि प्रारम्भिक नतिजा सुनाइएको छैन । ललितपुर क्षेत्र नं. १को मतगणना बज्रवाराहीस्थित गोदावरी नगरपालिकाको भवनमा मत गणना भइरहेको छ ।

ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा जारी ललितपुर क्षेत्र नं. २ को प्रारम्भिक नजिजा आएको छ । प्राप्त नतिजा अनुसार यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार प्रम महर्जन अघि छन् । यहाँ नेकपा एमालेले १ हजार ३ सय १७ मत पाएको छ । भने हाम्रो नेपाली पार्टीको लौरोले ८ सय ९७, एकीकृत समाजवादी पार्टी कलमले ७ सय ७७ , राष्टिय प्रजातन्त्र पार्टी हलोले  ६ सय ७६सय र राष्टिय स्वतन्त्र पार्टीको घण्टीले ३ सय ९० मत पाएको छ । यो नतिजा विहान ६ बजेसम्मको हो ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ०२ बजे