१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर २ मा एमाले उम्मेदवार प्रेम महर्जन झन् अघि




५ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रेम महर्जन झन् अघि लागेका छन् ।
ललितपुर २ निर्वाचन कार्यालयका अनुसार ललितपुरको सातदोवाटोको एन्फा कम्प्लेक्सस्थित नेपाल तेक्वान्दो संघको कार्यालयमा जारी मतगणनाको दोश्रो अपडेट अनुसार एमाले उम्मेदवर महर्जनले १ हजार ५ सय १७ मत पाएका छन् ।
हाम्रो नेपाली पार्टीबाट लौरो चिन्हबाट डा. सुदिन शाक्यले १ हजार २ सय ९७ पाएका छन् । गठबन्धनका उम्मेदवार कलम चिन्हबाट नेकपा समाजबादी कृष्णलाल महर्जनले ८ सय ७७ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रधुवरराज थापाले हलो चिन्हबाट ६ सय ७६ पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टीमा बुद्वरत्न बज्राचार्यले ३ सय ९० मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ४० बजे