१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर २ मा एमाले गठबन्धनभन्दा दोब्वर मतका साथ अघि




ललितपुर खबर
५ मंसिर ०७९, ललितपुर । ललितपुरमा नेकपा एमाले अघि लागेको छ भने गठबन्धन चौथो नम्बरमा रहेर पछ्याइरहेको छ ।


निर्वाचन कार्यालयद्वारा जारी पछिल्लो नतिजा अनुसार ललितपुर २ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेम महर्जन गठबन्धनभन्दा दोव्वर मतका साथ अघि लागेका छन् । १० हजार ८८ मत गणना हुँदा एमाले उम्मेदवार महर्जनले २ हजार ९ सय ८० मत पाएका छन् । उनका निकटतम प्रतिश्पर्धी हाम्रो नेपाली पार्टीका डा . सुदिन शाक्यले २ हजार ४ सय ९७ मत पाएका छन् ।
तेश्रो स्थानमा पछ्याउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीले १ हजार ४ सय ९० मत पाएको छ ।


एकीकृत समाजवादीकाका तर्फबाट गठबन्धनका उम्मेदवार कृष्णलाल महर्जनले १ हजार ४ सय ७७ मत पाएसँगै चौथो नम्बरमा रहेर पछ्याएका छन् । राप्रपाका उम्मेदवारले पाचौ नम्बर रहेर १ हजार ४ सय २६ मत सहित पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ३२ बजे