१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको प्रदेशसभामा एमालेका मधुसुदन र गठबन्धनका मिनकृष्ण अगाडि




५ मंसिर ०७९, ललितपुर । ललितपुरको क्षेत्र नं. १ को क प्रदेशसभाको प्रारम्भिक मतगणनाको क्रममा नेकपा एमालेका मधुसुदन पौडेल अघि बढेका छन् भने ख क्षेत्रमा गठबन्धनका मिनकृष्ण महर्जन अघि लागेका छन् ।
निर्वाचनको मत परिणाम अनुसार क्षेत्र नं. १ क मा २ हजार ६ सय ८२ मत गणना हुँदा मधुसुदन पौडेलले १ हजार २ सय ५२ मत पाए । उनका निकटम प्रतिश्पर्धी गठबन्धनका उम्मेदवार हरि दाहालले ८ सय ६६ मत पाएका छन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ सय ५ मत पाएको छ ।
प्रदेश ख तर्फ गठबन्धनका मिनकृष्ण महर्जन अघि बढेका छन् । यहाँ उनले ७ सय ११ मत पाउदा नेकपा एमालेका चेतनाथ सञ्जेलले ४ सय ३४ मत पाएका छन् ।
वागमती गाँउपालिकाको आश्राङ र प्युटारको मत गणना गर्दा यो परिणाम आएको हो ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ५३ बजे