१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रदेश सभातर्फ पहिलो प्रारम्भिक मतपरिमाण : काठमाडौं ७ (क) मा नेकपा एसलाई अग्रता



५ मंसिर ०७९, काठमाडौं ।  आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ पहिलो प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । काठमाडौं क्षेत्र नम्बर ७ (क)मा प्रारम्भिक मतपरिणाम अनुसार एकीकृत समाजवादीले सुरुवाती अग्रता लिएको छ ।

एकीकृत समाजवादीका उम्मेदवार वसन्त मानन्धर ६८९ मतसहित अग्रस्थानमा छन् । ४७९ मतसहित एमालेका जीवन मानन्धर दोस्रो, ४२३ मतसहित हाम्रो नेपाली पार्टीका रवीन्‍द्रमोहन श्रेष्‍ठ तेस्रो र चौथो स्थानमा ३४४ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टीकी रोजिना गुरुङ छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : १० बजे