१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर २ मा प्रेम महर्जनलाई पछ्याउदै डा. सुदिन शाक्य



५ मंसिर ०७९, ललितपुर । ललितपुर २ मा प्रतिनिधिसभा सदस्यको नेकपा एमालेका उम्मेदवार प्रेम महर्जनलाई हाम्रो नेपाल पार्टीका उम्मेदवार डा. सुदिन शाक्यले निरन्तर पछ्याइरहेका छन् ।
ललितपुरको सातदोवाटोेमा रहेको एन्फा कम्प्लेक्सस्थित नेपाल तेक्वान्दो संघको कार्यालयमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमाले उम्मेदवार प्रेम महर्जनले ६ हजार २ मत ल्याउदा हाम्रो नेपाल पार्टी डा. सुदिन शाक्य, लौरो ४ हजार ८ सय ६१ मत पाएका छन् ।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर थापाले ३ हजार ५ सय ३४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्वरत्न महर्जनल ३ हजार ३ सय ३५ पाएका छन् ।
उता पाँच दलीय गठबन्धनका उम्मेदवार एकीकृत समाजवादी कृष्णलाल महर्जन, पाँचौ नम्बरमा रहेका छन् । उनले ३ हजार ६३ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : २७ बजे