१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर १ मतगणना अपडेट : गठबन्धन अघि, एमाले पछि




६ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नं. १मा नेपाली गठबन्धन अघि लागेको छ भने नेकपा एमालेले पछ्याएको छ ।
ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्रता कायम राख्नुभएको छ । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उहाँले १२ हजार दुई सय ५३ मत प्राप्त गर्नुभएको छ ।
यता, दोस्रो स्थानमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवराज सिलवालले ११ हजार आठ सय ३० मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक हजार सात सय ६२ मत प्राप्त गर्नुभएको हो । अहिलेसम्म २८ हजार एक सय ९८ मत गणना भएको छ । जसमा नौ सय ९६ मत बदर भएको छ ।
प्रदेशमा कांग्रेसको अग्रता
ललितपुर क्षेत्र नं १ को प्रदेशसभा (१) अन्तर्गत १४ हजार छ सय मतगणना हँुदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधुसूदन पौडेलले छ हजार एक सय १४ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र) हरि दाहालले पाँच हजार आठ सय ३८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी हुमा पाण्डेयले (राप्रपा)ले एक हजार सात सय ७९ मत प्राप्त गरेका छन् । पाँच सय सात मत बदर भएको छ ।
यता, ललितपुर क्षेत्र नं १ को प्रदेशसभा (२) अन्तर्गत १५ हजार २५ मतगणना गर्दा नेपाली कांग्रेस मीनकृष्ण महर्जन अग्र स्थानमा छन् । उनले सात हजार चार सय ३१ मत प्राप्त गरेका छन् । दोस्रोमा नेकपा (एमाले) का चेतनाथ सञ्जेलले छ हजार ४३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : ४७ बजे