१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ३ मा तोसिमा कार्कीको फराकिलो मतान्तर



७ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्कीले फराकिलो मतान्तर बनाएकी छन् । बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १७ हजार ३ सय २६ मत पाएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार ९ सय ३६ मत पाएका छन्। माओवादी केन्द्रकी पम्फा भुसालले ६ हजार ३४ पाएकी छन् । अझै पनि केहि मत गन्न बाकी रहेको जनाइएको छ ।

यहाँ ३१ हजार ८ सय ४४ मत गणना गर्दा यो परिणाम आएको हो । निर्वाचन कार्यालयका अनसार आजसम्म जम्मा आधा मात्र मत गणना भएको छ । यहाँ ६१५७५ मत खसेको छ । यो विहान ९ः३० बजेसम्मको अपडेट हो ।

* सच्याइएको

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : २८ बजे