१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा काँग्रेस एमाले तीन तीन सिटमा विजयी, माओवादी समाजवादी शुन्य




ललितपुर खबर
७ मंसिर ०७९, ललितपुर । ललितपुरमा अहिलेसम्म नेपाली काँग्रेस र नेकपा एमालेले बरावारी तीन तीन सिटमा विजयी भएका छन् ।
नेकपा एमालेले ललितपुर क्षेत्र नं. २ बाट एउटा प्रतिनिधिसभाका उम्मेदवार प्रेम महर्जन र १ प्रदेशसभा र क्षेत्र नं. ३को १ प्रदेशसभाका उम्मेदवार रामेश्वर श्रेष्ठको सिटमा विजयी छन् भने नेपाली काँग्रेसले ललितपुर क्षेत्र नं. १को प्रतिनिधिसभाका उम्मेदवार उदयशम्सेर राणा र प्रदेशसभा २ र क्षेत्र नं. १को २ प्रदेशसभा उम्मेदवार मिनकृष्ण महर्जन विजयी भएको छन् ।
साथै ललितपुर क्षेत्र नं. १ को प्रदेशसभा १ बाट मधुस’दन पौडेल विजयी भए । उता क्षेत्र नं. २ को २ प्रदेशसभामा नेपाली काँग्रेसका रामकृष्ण चित्रकार विजयी भए ।
तर अहिलेसम्म नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीले कुनै पछि क्षेत्रमा विजयी हुन सकेका छैनन् ।
ललितपुरमा नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीसँग गठबन्धन गरेर उम्मेदवारहरु उठाएको भए पनि अहिलेसम्म कुनै पनि उम्मेदवारहरु विजय हुन सकेका छैनन् ।
नेकपा माओवादीले गठबन्धनमा भाग परेको ललितपुर क्षेत्र नं. १ प्रदेशसभा २ बाट हरि दाहाल नेकपा एमालेका उम्मेदवार मधुसुदन पौडेलसँग पराजित भए । त्यस्तै ललितपुर क्षेत्र नं. २को प्रतिनिधिसभा सदस्यका लागि नेकपा समाजवादीका उम्मेदवार कृष्णलाल महर्जन नेकपा एमालेका उम्मेदवार प्रम महर्जनसँग पराजित भए ।
उता ललितपुर क्षेत्र नंं. २ को १ प्रदेशसभामामा गठबन्धनबाट नेकपा समाजवादीकी ऋषा श्रेष्ठ तेश्रो भइन् । यहाँ नेकपा एमालेका रामेश्वर श्रेष्ठ विजयी भ एभने उनका निकटत प्रतिश्पर्धी राप्रपाका धनराम केसी थिए ।

 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।