१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ३ को नजिता भोलि आउने




७ मंसिर ०६९, ललितपुर । ललितपुर क्षेत्र नं. ३ को नतिजा भोलि विहीबार आउने भएको छ । ललितपुर ३ का सहायक मतदान अधिकृत विष्णुप्रसाद पाण्डेले भोलि साँझसम्म नतिजा ल्याउने गरि गणना भइरहेको ललितपुर खबरसँग बताए । उनले भने, ‘अहिलेसम्म ४० हजार मत गणना भएको छ । अव २१ हजार जति बाँकी छ । विहीबारसाँझसम्म नतिजा आउछ होला ।’ गत मंसिर ५ गते विहान ३ बजेबाट सुरु भएको मतगणना अहिलेसम्म ८४ घण्टा पुरा भएको छ । अझैं कम्तिमा २४ घण्टा लाग्ने अनुमान छ ।
दोव्वरभन्दा धेरै मत तोसिमालाई
अहिलेसम्म भएको मत गणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले १९ हजार ४४१ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका अमृत खडेकाले आधाभन्दा कम ९ हजार ४२२ मत पाएका छन् , गठबन्धनका समर्थन पाएकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्पा भुसालले ६ हजार ४६२ मत पाएकी छिन् । राप्रपाका निरञ्जन थापाले १ हजार २३८ मत पाएका छन् ।
मतको परिणाम
यस क्षेत्रमा ९४ हजार ११६ मतदाता रहेकोमा यसपल्ट ६१ हजार ७०० मत खसेको थियो । अहिलेसम्म ३९ हजार ८२३ मत गणना भएको छ । अव करिव २१ ८७७ मत गणना हुन बाँकी छ ।

 

 

 

 

 

 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ०५ बजे