१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मकवानपुरबाट काँग्रेस नेता इन्द्र बानियाँ विजयी



७ मंसिर ०७९,मकवानपुर । निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका इन्द्र बानियाँ विजयी भएका छन् ।
उनले १८ हजार सात सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गरे । बानियाँले एक हजार सात सय ८२ मतान्तरले जित हात पारेका हुन् ।
विजयी घोषणा भइसकेपछि बानियाँले मकवानपुरका सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू भावी मुख्यमन्त्रीको दावेदारसमेत रहेको बताए । तेस्रो पटक विजय हात पार्नुमा मकवानपुरे जनताले आफ्नो आवश्यकता महसुस गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ११ : ४१ बजे