१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ३ को प्रदेशमा एमाले अगाडि, गठबन्धन पछाडि




ललितपुर खबर
८मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नं. ३ को प्रदेशसभा सदस्यको मतगणनामा एमाले फेरि अगाडि लागेको छ ।
निर्वाचन कार्यालयका अनुसार ललितपुर ३को प्रदेशसभा १मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका प्रतिश्पर्धी राजकाजी महर्जनलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार रघुनाथ महर्जन अघि लागेका छन् । पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार राजकाजी महर्जनले ७ हजार ६४५ मत ल्याएका छन् भने गवठबन्धनका उम्मेदवार महर्जनले ठ्याक्कै २०० कम ७४४५ मत ल्याएका छन् ।
ललितपुर क्षेत्र नं. २को प्रदेशसभा ३मा पनि एमाले अघि छ । नेकपा एमालेका प्रेमभक्त महर्जनले ८ हजार ७ मत ल्याउदा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार जितेन्द्र श्रेष्ठले १ हजार ४७ मत कम ६ हजार ९५४ मत ल्याएका छन् ।
प्रतिनिधिसभामा डा. तोसिमा झन् अगाडि
स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की दोव्वर भन्दा धेरै मतका साथ अघि छिन् । उनले २८ हजार १११ ल्याउदा एमालेका अमृत खड्का सुर्य नेकपा एमालेका अमृत खड्का १२ हजार २८४ मतका साथ पछि छन् । गठबन्धनकी उम्मेदवार पम्फा भुसाल झण्डै चार गुणा कम ८ हजार २६० ल्याएकी छिन् ।
यहाँ ९४ हजार ११६ मतदातामध्ये ७१ हजार ७००ले मात्रै मतदान गरेका थिए ।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : २६ बजे