११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर ३ बाट डा. तोसिमा कार्की विजयी




८ मंसिर ०७९,काठमाडौं । ललितपुर क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् ।
ललितपुर सत्ता पक्षले गरेको गठबन्धन र नेकपा एमालेको बलियो कार्यकर्ता पक्तिलाई चिर्दै पाटन अस्पतालमा डाक्टर पेशाबाट राजिनामा दिएर राजनीतिमा होमिएकी डा. कार्की १८ हजार १७३ मतान्तरले शानदार विजयी बनेकी छिन् ।
डा. कार्कीले ३१ हजार १३६ मत पाएकी छन् । उनका निकटम प्रतिश्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । गठबन्धनको साथ पाएकी ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् ।
यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् । निर्वाचन सहायक अधिकृत विष्णुप्रसाद पाण्डेले मत परिणाम आए पनि घोषणा भने भइनसकेको बताए ।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : ४७ बजे