१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चुनाव हारेपछि महेश बस्नेत लेख्छन् ‘हामी हार्न तयार हुन्छौं तर कदापि हार खादैनौँ’



८ मंसिर ०७९, भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित एमाले नेता महेश बस्नेतले आफूहरू हार्न तयार हुने तर हार नखाने बताएका छन्। उनले भक्तपुर–२ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता दुर्लभ थापासँग हारेपछि सामाजिक सञ्जालमार्फत उक्त प्रतिक्रिया व्यक्त गरेका हुन्।

आफूलाई मत दिने मतदाता तथा सहयोगीहरूप्रति आभार प्रकट गर्दै बस्नेतले फेसबुकमा लेखेका छन्, ‘हामी हार्न तयार हुन्छौं तर कदापि हार खादैनौँ।’ उक्त क्षेत्रमा निर्वाचित दुर्लभ थापालाई बधाई तथा सफलताको शुभकामनासमेत दिदै उनले अगाडी लेखेका छन, ‘निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष र अभ्यास हो’, बस्नेतले लेखेका छन्, ‘विजय र पराजय स्वाभाविक पक्ष हुन्।’

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १२ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।