११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर ३ प्रदेशसभा १ मा एमालेका महर्जन विजयी




८ मंसिर ०७९, ललितपुर । ललितपुरको क्षेत्र नं. ३ प्रदेशसभा (१) बाट नकपा (एमाले)का रघुनाथ महर्जन विजयी भएका छन् । महर्जनले गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजकाजी महर्जनलाई छ सय ८६ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत धर्मराज पौडेलले औपचारिक घोषणा गरे ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार रघुनाथले नौ हजार सात सय ६६ मत प्राप्त गरे भने राजकाजीले नौ हजार ९० मत प्राप्त गरेका छन् ।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेशसभाका लागि प्रतिस्पर्धामा रहेका राप्रपाका उम्मेदवार विनोदकुमार खड्काले सात हजार पाँच सय ८७, विवेकशील साझाका समुद्र केसीले एक हजार छ सय ९२, नेमकिपाका अशोक महर्जनले एक हजार सात र जनता समाजवादीका ओमकृष्ण श्रेष्ठले तीन सय ७९ मत प्राप्त गरेका हुन् ।
त्यस्तै राप्रपा नेपालका श्यामबहादुर महतले दुई सय ११, स्वतन्त्र उम्मेदवार सविता महर्जनले एक हजार एक सय ३९ र अजय अछामीले दुई सय ८८ मत प्राप्त गरे । यस क्षेत्रमा ४९ हजार ८१ मतदाता छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : ०२ बजे