१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भैसेपाटीबाट पेस्तोलसहित दुई जना पक्राउ



९ मंसिर ०७९, ललितपुर । ललितपुर महानगरपालिका २५ भैसेपाटी डिसहोम सोह्रखुट्टेबाट कटुवा पेस्तोल सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रे बेथानचोक गाउँपालिका ७ घर भई ललितपुर
महानगरपालिका ४ जवालाखेल बस्ने १९ वर्षीय प्रशान्त तामाङ र ३० वर्षीय रमेश तामाङ रहेका छन् ।
प्रहरी प्रभाग बुङमतीबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्ने खोजेपछि उनीहरूलाई बा.७८ प १२९० नम्बरको स्कुटर सहित पक्राउ गरी जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्र लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल १ थान फेला परेको हो ।
प्रहरीले उनीहरूको साथबाट तार १३ बण्डल, पानी तान्ने मेसिन १० थान, ढलान फुटाउने मेसिन १ थान, फलाम काट्ने मेसिन ३ थान, मार्बल काट्ने मेसिन १ थान, पुटिन घोट्ने मेसिन १ थान, ह्यामर, पिलास, फलामको छिना लगायतका सामान समेत फेला पारेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : २१ बजे