१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


को हुन सोविता गौतम ?



९ मंसिर ०७९, काठमाडौं ।  काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार घन्टी चुनाव चिह्न भएकी २७ गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी हुन्। उम्मेदवारलाई हराउँदै सांसदमा चुनिएकी २७ वर्षीया गौतम सबैभन्दा कान्छी सांसद बनेकी छन् । गौतमले १५२२९ मत पाएकी छन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त गरेका छन्। उनीहरूको मतान्तर ३६७४ छ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा छिन्। उनले ११४१४ मत ल्याएकी छन्।गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा छिन्। उनले ९४४८ मत ल्याएकी छन्।

को हुन सोविता ?
सोविता गौतमले त्रिभुवन विश्वविद्यालयको नेसनल ल कलेजबाट कानुन विषयमा स्नातक गरेकी छन्। उनले अधिवक्ताका रूपमा र पत्रकारिता क्षेत्रमा समेत काम गरेकी छन्। उनी २०५२ सालमा दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी हुन्। गहकिलो तर्कसहित तेजिलो बोल्ने क्षमता भएकी सोबिता गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हबाट संसदीय यात्रा तय गरेकी हुन् । पातलो ज्यान, मीठो बोलीकी उनलाई मतदाताले सुन्दरी उम्मेदवार भनेर जिस्क्याउने गरेका थिए। सोविता टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता र अधिवक्तासमेत हुन् । ८० वर्षपछिको भविष्य हेरेर योजना बनाउने युवा पुस्ताले चुनाव जित्नुपर्ने बताउदै आएकी उनी काठमाडौं २ बाट आफैं जनताको भविष्य कोर्ने नीति बनाउने ठाउँमा पुगेकी हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १ : ३६ बजे