१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



११ मंसिर ०७९, भक्तपुर ।  भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबारराति मध्यपुर थिमी नगरपालिका–६ हुकाम ओरालोमा दुवाकोटबाट आउँदै गरेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरलेृ जनाएको छ ।

प्रदेश ३–०१–०२३ च ४२९३ नम्बरको गाडीले बा १० प ९५०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करपछि भक्तपुर नगरपालिका–१ क्वाँछे बस्ने २८ वर्षीय सिजन फसिकवालाई उपचारको लागि मध्यपुर थिमी अस्पताल लगिएको थियो ।

त्यहाँ उपचारको क्रममा मृत्यु भएका हो । मोटरसाइकल पछाडि सवार भक्तपुर नगरपालिका–७ गोलमडी बस्ने ३२ वर्षीय सुनिल ग्वाछाको उपचार भइरहेको छ। प्रहरीले दुबै सवारीसाधन र गाडीका चालक सिन्धुली फिक्कल गाउँपालिकाका २७ वर्षीय लाताराम पहाडीलाई नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १ : ३७ बजे