१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रामेछापमा गठबन्धनका उम्मेदवार विजयी, चार हजार ७८१ मत बदर



११ मंसिर ०७९, रामेछाप । रामेछापमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् ।

जिल्लामा एक लाख ८० हजार एक सय छ मतदाता रहेको भए पनि ८८ हजार छ सय ८० मत मात्र खसेको थियो । खसेको सदर मतमध्ये कान्छाराम ४७ हजार ९८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । तामाङका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले ३० हजार सात सय २९ मत प्राप्त गरेका थिए ।

एमालेका उम्मेदवार ढुङ्गेललाई १६ हजार तीन सय ६९ मतले पछि पार्दै तामाङ निर्वाचित भएका हुन् । प्रतिनिधिसभातर्फको मतगणना सम्पन्न हुँदा चार हजार सात सय ८१ मत बदर भएको थियो । यस्तै प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले १७ हजार एक सय ४८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी एमालेका शान्तिप्रसाद पौडेलले १५ हजार एक सय ५७ मत प्राप्त गरेका थिए । श्रेष्ठले पौडेललाई एक हजार नौ सय ९१ मतले पराजित गरेका हुन् ।

यस्तै प्रदेशसभा (२) मा पनि गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रका युवराज चौलागाईंले एमालेका मिलनकुमार घिसिङलाई पराजित गरेका हुन् । चौलागाईंले २२ हजार नौ सय ७९ मत प्राप्त गर्दा घिसिङले १८ हजार दुई सय छ मत प्राप्त गरेका थिए । चौलागाईंले घिसिङलाई चार हजार सात सय ७३ मतान्तरले पराजित गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ४ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।