१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुकुम्बासी र साना ब्यवसायीहरुलाई उठाएर विच्चल्ली बनाउन पाइदैनः महेश बस्नेत



१३ मंसिर ०७९, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले कठ्यांग्रिदो जाडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने बताएका छन् । काठमाडौं महानगरले पूर्वतयारीबिना थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लगाउन खोजेको विषयमा उनले यस्तो बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विकल्प र क्षतिपूर्तिबिना सुकुम्बासी बस्तीमा डोजर लगाएर कठ्यांग्रिदो जाडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने बताए । उनले लेखेका छन्, ‘बिना बिकल्प , बिना क्ष्यतिपूर्ति सुकुम्बासी बस्तीमा डोजर लाउने काम फेरी गरिएछ । ओली सरकारले बनाएको भूमीहिन समस्या समाधान आयोगले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने सम्बन्धमा दिएका सुझाबहरुलाई यो गठबन्धन सरकारले अलपत्र पारेको छ । आयोगनै रद्धिको टोकरीमा लगेर थन्काएको छ । अघिल्लो सदनले पास गरेको भूउपयोग ऐनले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने बिषयमा गरेका ब्यबस्थालाई कार्यान्वयन गर्ने हो भने समस्या तत्काल समाधान गर्न सकिन्छ ।’

चुनाबी परिणाम घोषणाको अन्तिम क्षणमा नयाँ सरकार बन्ने कसरत भैरहेको बेलामा कस्को स्वार्थपूर्ति गर्न यस्तो हर्कत गरिदैछ भन्दै काठमाडौं महानगरका मेयर बालेन शाहलाई प्रश्नसमेत गरे । मंसिर महिनाको यो कठ्याग्रींदो जाँडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने उनले बताए ।

‘म फेरी पनि भन्छु उचित समय बिना बिकल्प र बिना क्षतिपूर्ति, गरिब, सुकुम्बासी र साना ब्यबसायीहरुलाई उठाएर बिच्चल्ली बनाउन पाइदैन । जनतालाई आन्दोलन गर्न बाध्य पार्ने अनि बिचरा नगर प्रहरीहरु घाईते हुने यो कुराले कसैलाई लाभ र फाइदा होला जनता र देशलाई फाइदा हुदैन,’ उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : ३७ बजे