१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


थापाथलीका सुकुम्बासीहरु महानगर अगाडि आन्दोलनमा



१३ मंसिर ०७९, काठमाडौं ।  थापाथलीस्थित बागमती किनारामा बसोबास गर्दै आएका सुकुम्बासीहरुले महानगरले बस्ती खाली गर्न लागेको विरोधमा बिहानैदेखि प्रदर्शन शुरु गरेका छन् । महानगरले बस्ती खाली गराउन लागेको विरोधमा सुकुम्बासीहरुले महानगरको कार्यालय सुन्धारामा धर्ना दिएका हुन् । आफूहरूको वैकल्पिक व्यवस्था नगरी हटाउन खोजिएको भन्दै सुकुम्बासीहरू आन्दोलित भएका हुन् ।

बस्ती हटाउने महानगरको अभियानप्रति आक्रोशित भएका सुकुम्बासीले देशव्यापी आन्दोलन समेत घोषणा गरेका छन् ।

उपत्यकाका नदी खोला किनारामा सरकारी जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका सुकुम्बासीलाई नदी किनारबाट हटाउन खोज्दा सोमबार झडप भएको थियो । तर महानगरको डोजर सुकुम्बासी बस्तीमा पुग्दा स्थानीयले प्रतिकार गरेपछि महानगर प्रहरी प्रमुख राजु पाण्डेसमेत घाइते भएका छन् ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग समन्वय गरी काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बाग्मती किनारामा बसोबास गर्दै आएका १ सय ३८ परिवार सुकुम्बासी हटाउन लागेको हो ।

अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले सुकुम्बासी बस्ती खाली गर्न नसके पछि काठमाडौं महानगरसँग समन्वय गरेको हो ।

बाग्मती सभ्यता एकीकृत विकास समितिले गत कात्तिक २५ गते सार्वजनिक सूचना निकाली १० दिनभित्र बाग्मतीको नदि किनारामा बस्ती खाली गर्न, त्यो नभए विकास समितिले आफैं खाली गर्ने चेतावनी दिएको थियो । यस्तो चेतावनी दिएको १७ दिनपछि विकास समितिको समन्वयमा महानगरले सुकुमबासी टोलमा डोजर लगाएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १२ : ५९ बजे