१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


३५ दिनभित्र खोला किनारका बस्ती खाली गराउन निर्देशन



१४ मंसिर ०७९, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।

निर्देशन कार्यान्वयन नगरे उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने प्राधिकणले जनाएको छ ।

“उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तारमार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि आधारभूत मापवण्ड तय गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौं उपत्यका विकास प्राधिकरणको स्थापना भएको हो,” सूचनामा उल्लेख छ । उक्त मापदण्डको कार्यान्वयन सम्बन्धमा नियमित, नियन्त्रण र निषेध गर्ने अधिकार काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ८ बमोजिम अगाडि बढ्ने पनि प्राधिकरणले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले सोमबार थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासी बस्ती हटाएको थियो । बस्ती खाली गराउन पुगेको महानगरीय प्रहरीलाई सुकुम्बासीले प्रतिकार गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १० : ५८ बजे