६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एक युवती हत्या भएको अवस्थामा फेला, अर्की गम्भिर घाइते




१४ मंसिर ०७९,बैतडी । बैतडीमा आज एक युवतीको हत्या भएको छ । हत्या गरिएको अवस्थामा युवतीको शव भेटिएको छ भने अर्की एक किशोरी गम्भीर घाइते अवस्थामा भेटिएकी छिन् । पञ्चेश्वर गाउँपालिका वडा नं ४ सौलोडाकी २१ वर्षीया माया लुहारको शव भेटिएको हो । मायाको शव आज दिउँसो शिवनाथ गाउँपालिका ६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटिएको आवस्थामा फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन् ।
यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीको रुद्रघण्टीभन्दा माथि धारिलो हतियार प्रयोग गरेर रेटी गम्भीर घाइते अवस्थामा भेटिएकी छन् । घाँटीमा धारिलो हतियार प्रहार भएर रक्ताम्य अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा नेहा फेला परेको निरीक्षक जोशीले जानकारी दिए ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ११ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।