१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेयर बालेनले भीम रावललाई भने,‘तपाईहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन’




१६ मंसिर ०७९, काठमाडौं । काठमाडौं महानगरका मेयर वालेन शाहले एमाले नेता भीम रावललाई कडा जवाफ फर्काएका छन् ।
नेता रावलले केही समयअघि महानगरका मेयर शाहले अमेरिकी राजदुत डिन आर थम्सनलाई भेटेको भन्दै सार्वजनिक रुपमा आपत्ती जनाएपछि सामाजिक सञ्जाल मार्फत मेयर शाहले,‘तपाईहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन’ भन्दै जवाफ फर्काएका हुन् ।
रावलले प्रश्न उठाएपछि परराष्ट्र मन्त्रालयको शाहले भेटका लागि अनुमती मागेको पत्र सार्वजनिक गरिएको थियो । मेयर शाहले अगाडि भनेका छन्,‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’
म्ेयर शाहले राजदुत थम्सनले काठमाडौं महानगरलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आएको तर आफूले चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएको बताएका छन् उनी अगाडि लेख्छन्,‘थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ११ : ०९ बजे