११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा विश्वकप फुटवलको रमझम (तस्विरहरु)



१७ मंसिर ०७९, काठमाडौं । चिसो चिसो मौसममा काठमाडौं अहिले विश्वकप फुटवलको ज्वरोले तातेको छ । राजधानीका गल्ली गल्लीमा रातभर फुटवल हेर्ने युवाहरुको लर्कोे लाग्छ ।


राजधानीका ठमेल, दरवारमार्ग झमेल मात्रै होइन मुख्य बजारमा सपिङ सेन्टरहरु विश्वकप फुटवल खेल्ने राष्ट्रहरुको झण्डा, फुटवल र ट्रफी राखेर सझाइएको छ ।
बजारका नामी क्याफे र रेष्टुरेण्टहरुमा झण्डा र बत्तीले सझाइएको मात्रै छैन यहाँ ठूला ठूला डिजिटल बोर्ड राखेर आगन्तुकहरुलाई स्वागत गरिन्छ ।

यहाँ वियरको चुस्कीसँगै विश्वकप फुटपलको मज्जा लिनेहरु प्रसस्तै भेटिन्छन् ।
शहरका बाहिरी काँठ क्षेत्रमा भने सडक र चोकहरुमा प्रोजेक्टर लगाएर फुटवल हेर्न थालिएको छ ।

फुलवल खेलको मध्यान्तर चलिरहेको अवस्थामा फुटवलप्रेमीहरुको उत्साह हेर्दा सेमिफाइल र फाइनल चरणमा
गएको विश्वकप फुटवल ताका चोक चोकमा प्रोजेक्टर भने अहिले देखिदैन । जाडो सिजनका कारण हुनसक्छ टिसर्ट लगाएका हुल पनि अहिले देखिएको छैन ।
लेन्स : न्युज एजेन्सी नेपाल

     

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : १८ बजे