४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अपाङ्गता भएका नागरिकको हक अधिकार कार्यान्वयन गर्न सरकार गम्भीर छ : मन्त्री रेग्मी



१७ मंसिर ०७९, ललितपुर । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता भएका नागरिकको हक अधिकार कार्यान्वयन  गर्न सरकार गम्भीर रहेको बताएकी छन् ।

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक समारोहमा मन्त्री रेग्मीले अपाङ्गता भएका नागरिकको हक अधिकारको विषयमा संविधानमा व्यवस्था भएको भन्दै त्यसको कार्यान्वयका लागि राज्य इमान्दारीतापूर्वक लागि परेको बताइन् । अपाङ्गता भएका नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारको हकमा राज्यको ध्यान आकर्षण भइरहेको बताउँदै उनले भौतिक विकासमा राज्य बढी केन्द्रित हुँदा मानव विकासको पाटो ओझेलमा परेको हुन सक्ने तर्क राखिन् ।

अपाङ्गता सम्बन्धि राष्ट्रिय नीति मन्त्रीपरिषदमा पेश गरी पारित गराएरै छाडने प्रतिवद्वता व्यक्त गरेकी छिन् । डिसेम्बर ३ तारिक शनिबार महिला बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङग महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले अब बस्ने मन्त्रीपरिषदको बैठकमा उक्त नीति आफुले पेश गर्ने र मन्त्रीपरिषदले त्यसलाई पारित गर्ने बताएकी हुन् ।

उनले आफुले मन्त्रालय सम्हालेपछि उक्त मन्त्रालयमा बजेट वृद्वि गराएको स्मरण गराउँदै अपाङगता भएका नागरिकको हक अधिकार र उनीहरुलाई उत्पादनमार्फत आत्मनिर्भर बनाउनेतर्फ आफु मन्त्री हुँदा या नहुँदा पनि उत्तिकै गम्भीर रहने बताइन् । अपाङ्गता अधिकारको विषय दिवसिय अवसरमा मात्र पैरवी गर्ने विषय नभएर सदैव बहसमा ल्याउँदै राज्यलाई झक्झक्याउन उनले आग्रह गरिन् ।

उनले जति संघर्ष उति प्राप्ति भन्ने मान्यतालाई आत्मसाथ गर्दै सरोकारवालाहरु अपाङ्गता अधिकारका लागि संघर्षको मोर्चामा सधै गतिशिल रुपमा लाग्नुपर्ने जिकिर गरेकी थिइन् ।

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्मा, राष्ट्रिय अपाङ्ग महासंघका पूर्व अध्यक्ष डा.वीरेन्द्रराज पोखरेल, निर्वतमान अध्यक्ष मित्रलाल शर्मा लगायत अपाङ्गता अधिकारका लागि क्रियाशिल विभिन्न संघसंस्था तथा जनवर्गिय संगठनका प्रतिनिधिहरुले बोलेका थिए ।

शनिबार बिहान प्रभातफेरि पश्चात भृकुटीमण्डमा आयोजित महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यमा मूल समारोह सम्पन्न भएको थियो ।

यसैबीच महासंघले नेत्रधाम त्रिपुरेश्वरको सहयोगमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको कार्यालय भृकुटीमण्डपमा निशुल्क आँखा जाँच शिबिर समेत संचालन गरेको थियो । महासंघले अपाङगता भएका व्यक्तिहरुको ३१ औ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष देवीदत्त आर्चायको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ५ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।