४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बैतडी लुहार हत्या प्रकरण: प्रहरी जवान भरतराम पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

१८ मंसिर ०७९, बैतडी ।  बैतडीमा २१ वर्षीया माया लुहारको घाँटी रेटेर हत्या गरेको आरोपमा सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट उनलाई पक्राउ गरिएको हो । उनलाई आजै जिल्ला प्रहरी कार्यालय बैतडी बुझाईने प्रहरीले जनाएको ।

मंगलबार घरबाट लुगा सिलाउन भनी कुलाउ गएकी पञ्चेश्वर गाउँपालिका–४ की माया बुधबार शिवनाथ–६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन्। उनीसँगै गएकी नेहा लुहार पनि घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते भएको अवस्थामा फेला परेकी थिइन्।

मृतकका आफन्तले सशस्त्र प्रहरी जवान कोलीको नाममा किटानी जाहेरी दिएका थिए। २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १२ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।