१८ मंसिर ०७९, ललितपुर । ललितपुरको ग्वार्कोमा शुक्रबारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम शुरु हुने भएको छ । बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो ।
निर्माण कार्य प्रभावित नहोस् भने ट्राफिक प्रहरीले गाडी गुड्ने मार्गमा समेत परिवर्तन गरेको छ । फ्लाइओभर निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ छुट्ने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे गाडीलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे गाडीलाई मूल बाटो अर्थात् फास्ट ट्र्याकबाट सञ्चालनको व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया