१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बनेपामा टिपरको ठक्करपछि पैदल यात्रीको मृत्यु




१८ मंसिर ०७९, काठमाडौं । बनेपा नगरपालिका ८ स्थित सडकमा बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको बा.४ ख ५३२४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री पनौती नगरपालिका ७ बस्ने ५८ वर्षीय बिश्वनाथ उलखको शनिबार राति मृत्यु भएको छ ।
प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको सिर मेमोरीयल अस्पताल हुँदै न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ६ : २५ बजे