१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


इन्द्रचोकमा चक्कु प्रहारबाट चिनियाँ नागरिकको हत्या



१८ मंसिर ०७९, काठमाडौं ।  काठमाडौं इन्द्रचोकमा चक्कु प्रहारबाट घाइते चिनियाँ नागरिकको मृत्यु भएको छ। आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका–२५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले अरू दुई जना चिनियाँलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए । तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
२९ वर्षीय गान साउजिंगको ट्रमा सेन्टरमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो।

उनी र ३२ वर्षीय लि चुआनमाथि ३७ वर्षीय फेङ्गजेङ्ग युनले चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहार गरी साउजिंगको पेट, छाती र टाउकोको बायाँ भागमा चोट लागेको थियो। यता चुआनको पनि पेटमा गहिरो चोट लागेको छ। उनको ट्रमा सेन्टरमा उपचार जारी छ । प्रहरीका अनुसार उनीहरूबीच इन्द्रचोकको बाटोमा विवाद भएको थियो। विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका हुन्। उनीहरू नेपालमा घुम्न आएका हुन्। तर बीच सडकमै आर्थिक लेनदेनको विषयमा विवाद भएपछि घटना भएको हो।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १० : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।