१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ग्वार्को फ्लाइओभरः यसरी हुँदैछ ट्राफिक व्यवस्थापन



१८ मंसिर ०७९, ललितपुर ।  ललितपुर ग्वार्को चोकमा शुक्रबारदेखि फ्लाइओभर निर्माणको काम सुरू हुने गरिने भएको छ । शुक्रबार बिहान ६ बजेदेखि ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो।
ग्वार्कोमा धेरै जाम हुने क्षेत्रहरूमध्ये पर्छ। लामो समयदेखि निर्माण गर्ने भनिएको फ्लाइओभर निर्माण सुरू हुन लागेको हो।
निर्माणको काम सुरू भएसँगै यहाँको ट्राफिक व्यवस्थापन अझ चुनौतीपूर्ण हुनेछ।
त्यसको व्यवस्थापन गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गरेको छ।
निर्माणको काम सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटो जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई सर्भिस लेनमा र साना चार पाङ्ग्रे सवारी साधनलाई फास्ट ट्र्याकबाट चलाउने योजना बनाएको छ।
कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाउने तयारी छ।
बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने कार्यालयको तयारी छ।

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १० : १० बजे