१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजधानीका सम्पदास्थलमा साझा यातायात सञ्चालन गरिँदै




१९ मंसिर ०७९, काठमाडौं । सरकारले काठमाडौँ उपत्यकामा घुम्न आउने पर्यटकलाई दृष्टिगत गर्दै विभिन्न सम्पदास्थलमा साझा यातायातका पाँच बस सञ्चालन गर्ने भएको छ ।
पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत ‘होप अन होप अफ’ नगर बस आगामी जनवरी १ देखि सञ्चालन हुनेछ । अङ्ग्रेजी क्यालेण्डरअनुसारको नयाँ वर्षदेखि पाटन दरबार क्षेत्र, स्वयम्भू, बौद्ध, पशुपति क्षेत्रमा सञ्चालन गरिने तथा केही सातापछि भक्तपुरका सम्पदास्थलमा उक्त यातायात सञ्चालन गरिनेछ ।
पर्यटकले एकपटक टिकट लिएपछि आफ्नो अनुकूलअनुसार सम्पदास्थल घुम्न पाउने र अन्य स्थलमा भ्रमण गर्न थप शुल्क तिर्न नपर्ने व्यवस्था गरिएको छ । पर्यटकको समयको बचत तथा सुविधा उपलब्ध गराउन करिब २८ किलोमिटरको दूरीमा यातायात सुरु गर्न लागिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उक्त यातायात सञ्चालनका लागि सरोकार पक्षसँग आज छलफल गर्दै पर्यटकलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत सम्पदा क्षेत्र तथा अन्य महत्त्वपूर्ण सम्पदास्थलको भ्रमणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताएका छन् ।

यसअघि विश्वसम्पदा क्षेत्र वसन्तपुरदेखि स्वयम्भूसम्म पर्यटकलाई आकर्षित गर्र्न करिब दुई किलोसमटरको दूरीमा सम्पदा मार्गको अवधारणा सुरु गरी आवश्यक पूर्वाधार विकास गर्न थालिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : ०० बजे