१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा चिसो, सर्तक रहन आग्रह




१९ मंसिर ०७९, काठमाडौं । पछिल्लो समय काठमाडौंलगायत देशभर निरन्तर चिसो बढ्दै गएको छ ।
मौसम विज्ञान विभागले चिसोबाट जोगिन आग्रह गरेको छ विभागका अनुसार काठमाडौंको ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९–२० डिग्री सेलिसयससम्म पुग्ने मौसमविद् वरुण पौडेल बताउँछन् ।
तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ काठमाडौंमा हवाई उडान तथा अवतरणमा समस्या हुने गरी तुवाँलो लागेको छैन । आज देशका कुनै पनि भू–भागमा हिमपात तथा वर्षाको सम्भावना छैन । यद्यपि, चिसो बढ्दै गएको छ ।
यसैबीच, प्रदेश–१ को पहाडी भू–भागमा तथा उच्च पहाडी र हिमाली भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ८ : ४३ बजे