१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको बाँडेगाउँमा प्रधानमन्त्रीद्वारा सङ्कल्प पूजा



पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको ललितपुरस्थित भट्टराई आश्रम बाँडेगाउँमा सोमबार आयोजित भागवत् महापुराण यज्ञमा प्रधानमन्त्री शेरबहादुर देउवा । लेन्सः रोशन सापकोटा/रासस

१९ मंसिर ०७९, ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गरेका छन् ।
आज ललितपुरको बाँडेगाउँ सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८औँं जन्मोत्सवको अवसरमा आयोजित उक्त ज्ञान महायज्ञ(सप्ती हजार यज्ञ) मा प्रधानमन्त्री देउवाले सङ्कल्प पूजा र दीप प्रज्वलन गरेका हुन् ।
भट्टराई आश्रममा प्रधानमन्त्री देउवालाई पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमन्त्रीद्वय शरदसिंह भण्डारी, ओमकारप्रसाद श्रेष्ठ, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, एसएसपी यज्ञविनोद पोखरेल, नेपाली कांग्रेस जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठलगायतले स्वागत गरेका थिए ।
आजबाट सुरु भएको महायज्ञ मङ्सिर २७ गतेसम्म सञ्चालन हुने मुख्य पुरोहित रामचन्द्र तिमल्सिनाले जानकारी दिएका छन् ।
विसं २०१५ मा संसद्को पहिलो सभामुख भएका भट्टराई विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदको प्रधानमन्त्री भएको थिए ।
विसं २००३ मा कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा संलग्न भट्टराईले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर–उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए ।
नेपाली राजनीतिमा महत्वपूर्ण योगदान पु¥याएका भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो । भट्टराईको निधन पश्चात् हरेक वर्ष उहाँको सम्झनामा जन्मोत्सव र स्मृति दिवसको अवसर पारेर बाँडेगाउँ आश्रममा कार्यक्रम गरिँदै आएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : ४४ बजे